कार्यक्रम समीक्षा तथा योजना बैठक पोखरामा सुरू

कास्की । ०७६ मङ्सिर २७ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा सञ्चालित कियोस र डिसिए परियोजनाको समीक्षा तथा योजना बैठक मङ्सिर २७ गते देखी पोखरामा सुरू भएको छ ।
कार्यक्रममा बोल्दै इन्सेक कार्यकारी निर्देशक विजयराज गौतमले मौलिक हकले सुनिश्चित गरेका अधिकारलाई कार्यन्वयन गराउन पैरवी गर्न आवश्यक रहेकाले त्यसलाई प्राथमिकतामा राखी काम गर्न आग्रह गर्नुभयो ।
उहाँले शिक्षा स्वास्थ्य र खाद्य अधिकारको लागी जिम्मेवार निकायलाई जवाफदेही बनाउन पहल कार्यक्रम स्थानिय सरकार नभएकै अवस्थामा सुरु भएको स्मरण गराउँदै यस कार्यक्रमले जनताको प्रत्यक्ष सरोकार राख्ने विषयलाई उठान गरेका कारण सफलता पाउन सम्भव रहेको बताउनुभयो ।
‘हामीले आफुलाई परियोजना आधारित मात्रै होइन इन्सेक अभियानको रुपमा बुझ्नुपर्दछ ’,उहाँले भन्नुभयो ।
उहाँले इन्सेकले पहिला काम गरेको स्थानको अवस्था कस्तो थियो र अहिले कस्तो प्रतिफल प्राप्त भएको छ भन्ने बारेमा अभिलेखिकरण गर्न जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले इन्सेकले गरेका कामहरुले सकरात्मक परिणाम ल्याएको बताउँदै जनताका प्रत्यक्ष सरोकारका विषयलाई अझै बढि घनिभूत रुपमा उठान गर्दै आगामी दिनमा अझ क्रियाशिल रहनपर्ने धारणा राख्नुभयो ।
कार्यक्रमको उद्धेश्य माथि प्रकाश पार्दै इन्सेक योजना तथा अनुगमन विभाग प्रमुख तथा परियोजना संयोजक शुभेच्छा खड्काले उपलब्धीहरुलाई अभिलेखिकरण गर्न र असल अभ्यासहरुलाई एकआपसमा साटसाट गर्न र समस्या र चुनौतीहरु प्हिचान गरि आगामी दिनमा गर्ने कार्यक्रमहरुलाई परिणाममुखी बनाउन मद्धत पुग्ने बिश्वास व्यक्त गर्नभयो ।
मङ्सिर २७ र २८ गते सञ्चालन हुने बैठकमा इन्सेक प्रदेश कार्यालयका संयोजकहरू, कार्यक्रम संयोजकहरू र स्थानिय सहजकर्ता लगायतको सहभागिता रहेको छ ।
दुई दिन सम्म चल्ने कार्यक्रममा कियोस तथा डिसिए परियोजनाले कार्यक्षेत्रमा ल्याएको परिर्वतन , समस्या र चुनौतिका बारेमा समेत छलफल हुनेछ ।
फोटो ः १. इन्सेकद्धारा संचालन भैरहेका परियोजनाहरुको समिक्षा तथा योजना बैठकमा बोल्दै इन्सेक कार्यकारी निर्देशक विजयराज गौतम

सुशन घिमिरे ।