घरेलु हिंसा घटनाका पीडित महिलालाई कानुनी प्रक्रियामा जानका लागि इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८२ चैत ३ गते आर्थिक सहयोग प्रदान गरेको छ ।
जोशीपुर गाउँपालिका–३ की ३६ वर्षीया महिलालाई कानुनी प्रक्रियामा जान सहज होस भन्ने उद्धेश्यले आर्थिक सहयोग रकम प्रदान गरिएको हो ।
पीडित महिलाले दैनिक ज्यालादारी गरी घर गुजारा गर्दै आएकीले घरको आर्थिक अवस्था दयनीय भएकाले न्यायिक प्रक्रियामा जानका लागि समस्या भएको भन्दै सहयोगका लागि इन्सेकद्वारा सञ्चालित मानव अधिकार सहायता कक्षमा निवेदन दिएपछि इन्सेक सुदूरश्चिम प्रदेश कार्यालय, धनगढीले आर्थिक सहयोग स्वरुप १० हजार रुपियाँ प्रदान गरेको हो ।
जोशीपुर गाउँपालिका–३ का ३८ वर्षीय पति तिर्थराज डगौराले अर्को ुविवाह गरेर पीडित महिलालाई घर निकाला गरेपछि दुई छोरीहरुको लालनपालन गर्दै आएकी पीडित महिलाले ०८२ साउन १९ गते कैलाली जिल्ला अदालतमा अंशसम्बन्धी मुद्दा दर्ता गर्नुभएको थियो ।
आर्थिक अभावका कारण पीडितहरुले न्याय पाउनबाट वञ्चित हुन नपरोस् र पीडितको न्यायमा सहज पहुँच पुगोस् भन्नका लागि इन्सेकले मानव अधिकार सहायता कक्ष मार्फत आर्थिक सहयोग प्रदान गर्दै आएको इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले बताउनु भयो ।
HUMAN RIGHTS NEWS PORTAL






