आगामी फागुन २१ म सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको पुर्व अनुगमन गर्ने क्रममा इन्सेक बागमती प्रदेश संयोजक शिब प्रसाद खकुरेलको नेतृत्वमा आएको पर्यवेक्षक टोलीले विभिन्न सरोकारवाला निकायसँग छलफल गरेको छ । स्वच्छ , भयरहित र निष्पक्ष निर्वाचनका लागी आवश्यक तयारी पूरा भएको र मतपत्र समेत प्राप्त भएको मुख्य निर्वाचन अधिकृत न्यायाधीश ध्रुब कुमार उप्रेतीले बताउनुभयो । उहाँले निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई तालिम प्रदान गरिसकेको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले मतदानदेखि मतगणना सम्मका लागि एकीकृत सुरक्षा योजना बनाइ चारओटै सुरक्षा निकाय परिचालन गरिएको र मतदानमा खटिने जनशक्तिहरुको आवश्यक व्यवस्थापन भएको र हालसम्म कुनै पनि दलबाट निर्वाचन आचार संहिता उलङ्घन नभएको जानकारी दिनुभयो । इन्सेकका बागमती प्रदेश संयोजक शिव प्रसाद खकुरेलले नेपालमा प्रजातान्त्रको पुर्नस्थापना पछि भएका सबै निर्वाचनहरुमा अनुगमन तथा पर्यवेक्षण गर्दै आएको बताउदै यस पटक पनि मुलुकभर निर्वाचन पर्यवेक्षणका लागि २ सय ३२ जना पर्यवेक्षक खटाइएको जानकारी दिनुभयो। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को निर्वाचन पुर्व पर्यवेक्षणका क्रममा भएको छलफलमा नेपाल प्रहरी नायव उपरीक्षक अशोक थापा, नेपाली सेनाका गणपति प्रधुम्न गौतम, राष्ट्रिय अनुसन्धानका डिएसपी मदन पौडेल, सशस्त्र प्रहरीका डिएसपी विष्णुप्रसाद पोखरेल, निर्वाचन कार्यालयका प्रतिनिधि, नागरिक समाज, रसुवाका अध्यक्ष बाबुलाल तितुङ लगायतको उपस्थिति रहेको थियो । भेटघाटका क्रममा इन्सेकका बागमती प्रदेश संयोजक खकुरेलले नेपाल मानवअधिकार वर्षपुस्तक २०२६ समेत हस्तान्तरण गर्नुभयो ।
HUMAN RIGHTS NEWS PORTAL






