



काठमाडौँ । २०८२ साउन ५ गते
जिल्ला प्रहरी परिसर काठमाडौँ र लैङ्गिक हिंसा नियन्त्रण सञ्जालको आयोजनामा नेपाल प्रहरी र एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी) बिच सेवा प्रवाह बारे ०८२ साउन ४ गते काठमाडौँमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी विश्व अधिकारिले ओसिएमसीको सेवा बारे समुदायलाई पनि जानकारी हुन आवश्यक रहेको साथै लैङ्गिक हिंसा प्रताडितलाई न्यायमा पहुँच बढाउन सहज हुने बताउनु भयो ।
कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का सूचना अधिकारी कृष्ण गौतमले मानव अधिकारको रक्षा नागरिक प्रहरी दुवै मिलेर गर्नु पर्ने बताउनु भएको थियो । गौतमले इन्सेकले मानव अधिकारको संरक्षण र सम्बर्धनमा महिला तथा बाल अधिकारलाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताउनु भयो ।
लैङ्गिक हिंसा नियन्त्रण सञ्जालकी कोषाध्यक्ष अधिवक्त रसना ढकालले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै पीडितको लागि प्राथमिक उपचार र न्यायकमा ओसिएमसी प्रभावकारी माध्यम बनेको बताउनु भयो।
कार्यक्रममा लैङ्गिक हिंसाको अवस्था बारे महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रकी प्रमुख इन्स्पेक्टर सरस्वती कार्कीले प्रस्तुत गर्नु भएको थियो । अपराधको स्वरुप परिवर्तन भएको र महिला बालिका मात्रै नभएर पुरुष माथी पनि हिंसा बढ्नुका साथै लिभिङ टुगेदरमा बस्ने प्रचलन बढेको र धेरै वर्षसम्म सँगसँगै बस्ने र पछि बलात्कारको उजुरी पर्ने गरेको पनि इन्स्पेक्टर कार्कीले बताउनु भयो । साथै उहाले कानुनले सम्बोधन नगरेको घटना क्रम बढ्दै गइरहेको जानकारी दिनु भयो ।
कार्यक्रममा थापाथली प्रसुति गृहकी ओसिएमसी प्रतिनिधि सुकुलामाले अस्पतालमा आधारित एकद्वार सङट व्यवस्थापन केन्द्र २४ घण्टा खुला रहने र प्रहरी बाट आउने केशहरू बढ्दै गैरहेको बताउनु भयो । लैङ्गिक हिंसा प्रताडितहरूलाई न्यायमा पहुँच बढाउन ओसिएमसिले महत्त्वपूर्ण भुमिका खेल्न सक्ने जिकिर गर्नु भयो ।
यसैगरी शुभ अवसर ग्राम नेपालकी रन्जना शर्माले मानव बेचबिखनमा परेका व्यक्तिहरूमा पर्ने मानसिक असर तथा संस्थाले गरेको काम बारे प्रस्तुति गर्नु भएको थियो । नेपाल सरकारले अस्पताल मा आधारित लैङ्गिक हिंसा प्रताडितहरूकोलाई एकद्वार सङ्कट व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याएको र काठमाडौ जिल्लामा मात्रै प्रसुतिग्रुह थापाथली, राष्ट्रिय ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति बाल अस्पताल र टेकु स्थित अस्पतालमा ओसिएमसीको सेवा रहेको जानकारी दिनु भयो ।
कार्यक्रमलाई समापन गर्दै एसपी कुलदिप चन्दले ओसिएमसी सेवालाइ अझ प्रभावकारी बनाउन र पीडितको न्यायको लागि प्रहरी र नागरिक मिलेर अघि बढ्नु पर्ने बताउनु भयो ।
कार्यक्रमको सहकार्य इन्सेक र शुभ अवसर ग्राम नेपालले गरेको थियो । कार्यक्रममा नेपाल प्रहरी सशस्त्र प्रहरी बल र ओसिएमसी प्रतिनिधिहरू र विभिन्न सङ्घ सस्थाहरूको उपस्तिथि रहेको थियो ।
इन्सेक बागमती प्रदेश कार्यालय