नेपाल मानव अधिकार वर्ष पुस्तक अर्धवार्षिक सम्पादन भेला सम्पन्न

कास्की । २०८२ असोज ३० गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ को अर्धवार्षिक सम्पादन भेला असोज २७ गतेदेखि असाेज २९ गतेसम्म पोखरामा सम्पन्न भएको छ ।

इन्सेकले ७७ ओटै जिल्लामा अभिलेख गरेका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको तथ्य र सूचना सम्पादन गर्न अर्धवार्षिक सम्पादन भेला आयोजना गरिएको इन्सेकका इन्सेकका कार्यकारी निर्देशक विजयराज गाैतमले बताउनु भयो ।

   

सम्पादन भेलाले प्राप्त सूचनाहरुलाई पुष्टि र पुनर्पुष्टि गर्न सहयोग पुर्‍याएको उहाँले बताउनु भयो ।

भेलामा इन्सेक केन्द्रीय कार्यालयका साथै सात वटै प्रदेश कार्यालयकाे सहभागिता रहेको थियो ।

गण्डकी प्रदेश कार्यालय