नेपाल मानव अधिकार वर्षपुस्तक २०२६ कालागि संकलन गरिएको घटनाहरुको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश संयोजक भोला महतको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङको प्रमुख आतिथ्यमा पुस ४ गते नेपालगञ्जमा सम्पन्न भएको छ ।
कार्यक्रमको उद्देश्यमाथि प्रकास पार्दै इन्सेकले मानव अधिकार वर्ष पुस्तक २०२६ को ३४ अाैँ शृङ्खलाका लागि इन्सेकले प्रकाशन पूर्व समिक्षा गर्न लागेको र समीक्षा कार्यक्रमले घटनाहरुलाई चुस्त–दुरुस्त हुनलाई मद्दत पुग्ने बताउनु भयो । साथै उहाँले घटनाहरुको प्रस्तुत गर्र्दै लुम्बिनी प्रदेशस्तरमा १ हजार ६ सय ५१ जना पीडितहरु मध्ये १ हजार ६ सय १९ जना गैरराज्यबाट र ३२ जना राज्यपक्षबाट पीडित भएको र पीडित हुनेमा सबभन्दा बढी महिला– १ हजार १ सय ८९ जना र बालबलिका–२ हजार ६४ भएको बताउनु भयो ।

यस्तै गरी बाँके जिल्लाको २०२५ को डिसेम्बर १५ सम्मको तथ्याङ्क प्रस्तु गर्दै महतले १ सय ७४ जना पीडित भएको जसमा अपहरणमा–एक जना, विध्वसंसमा–चार जना, मानवबेचखिन तथा ओसार पसारमा–चार जना, घाइते राज्यपक्षबाट–२० जना, गैर राज्यपक्षबाट–२१ गरी ४१ जना, हत्या गैरराज्यबाट–तीन जना, राज्यपक्षबाट–पाँच जना गरी आठ जना भएको, यातना–एक जना, कारागारमा मृत्यु–एक जना, सबैभन्दा बढी महिला–७१ जना र बालबालिका–४३ जना पीडित भएका छन् । समग्र रुपमा हेर्दा गैरराज्यबाट १ सय २० जना महिला, २५ जना पुरुष, चार जना अन्य गरी १ सय ४९ जना र राज्यपक्षबाट २५ जना पुरुष गरी जम्मा १ सय ७४ जना पीडित भएको जानकारी गराइएको थियो । साथै उहाँले इन्सेकले प्रत्येक वर्ष पुस्तक प्रकाशन गरी कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाले के कस्तो काम गर्यो भन्ने र राज्यको सामाजिक, आर्थिक र साँस्कृतिक कुरालाई उठान गर्दै मानव अधिकारको अवस्थालाई उजागरी मानव अधिकार उल्लंघन तथा ज्यादतीको घटनालाई न्युनिकरण गर्न सकिने बताउनु भयो ।
नेपालगञ्ज उच्च बारका नवनिर्वाचित अध्यक्ष पवन कुमार गुप्ताले इन्सेकले लामो समयदेखि प्रकाशन गर्दै आएको मानव अधिकार वर्ष पुस्तकमा देशैभरिकै मानव अधिकार उल्लंघनका र ज्यादिती घटनाहरु समेटेर प्रकाशन गर्दै आएको छ त्यसका केही छुटेका घटनालाई समेट्न सबै निकायबाट सहयोग गर्नुपर्ने बताउदै संविधानमा मौलिकहरुको रुपमा बाँच्न पाउने अधिकार, स्वास्थ्य अधिकार, वातावरणको अधिकार, शिक्षाको अधिकार खाद्य अधिकारको कुरालाई समेटन सुझाव दिदै इन्सेकसँग समन्वय सहकार्य गरी अगाडी बढ्ने प्रतिवद्धता गर्नुभयो ।

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले मानव अधिकार वर्ष पुस्तक प्रकाशनमा पत्रकारहरु पनि श्रोत भएकाले घटना अभिलेखीकरण गर्दा पत्रकारहरुले संकलन गरेका घटनाहरु पनि समेट्नु पर्ने बताउनुभयो । संविधान २०७२ मा मौलिक हक सूची लामो भएतापनि त्यसमा दौडिरहनु भएन अधिकारको खोजी गर्दै जाँदा नागरिकले पनि दायित्व कति पुरा गरेका छौ भन्ने बुभ्mन आवश्यक रहेको बताउदैं मानव अधिकारको कार्यान्वयन र पालनामा विश्वासिलो सहकार्य गर्ने प्रविद्धता व्यक्त गर्नुभयो ।
नेपाल बारका पूर्व उपाध्यक्ष तथा वरिष्ठ अधिवक्ता सुनील कुमार श्रेष्ठले मानव अधिकार कार्यान्वयनका लागि बाँकेका अधिकारकर्मीहरुले पीडितको न्यायका ेलागी उदाहरणीय भूमिका निर्वाह गरी रहेको बताउदै नेपालको एकमात्र संस्था इन्सेक हो जसको ७७ वटै जिल्लाका प्रतिनिधिहरु मार्फत घटनाहरुको दशकौं देखि पवित्र अभिलेखीकरण कार्यलाई निरन्तरता दिँदै आएकोमा सहनीय गर्नु भयो । साथै उहाँले बर्ष पुस्तक स्थानिय तह, सरकार, अधिकारकर्मी, प्रहरी, अदालत, सुरक्षाकर्मी, विद्यार्थी, अनुसन्धानकर्ताहरुको लागि अध्ययनको श्रोत बनेको र न्यायको अवस्थालाई झल्काउने प्रयास गरेको बताउनुभयो । प्रकाशन पुर्व घटना विवरण र तथ्याङ्कहरुको प्रमाणीकरण र सुझाव सल्लाह लिई नागरिक समाज, संघ संस्था, मानव अधिकारकर्मी, न्यायिक निकायलाई राखेर पुस्तकलाई झनै विश्वासिलो बनाउन प्रयास गरेकोमा धन्यबाल दिनुभयो ।

मानव अधिकार आयोग नेपालगञ्ज कार्यालय प्रमुख द्वारिका अधिकारीले देखेका र भोगेको कुरा विर्सन सकिन्छ तर अभिलेखीकरण भएको कुरालाई जहिले पनि अध्ययन गर्न सकिने भएकोले इन्सेकले गर्दै आएको प्रकाशन महत्वपुर्ण कार्यमा प्रयोग भएको बताउदै घटना न्युनिकरण हुनुको साटो बृद्धि भएकाले अपराधका कुरा भन्दा अधिकारहनन्का घटनाहरु समेट्नु पर्नेमा जोड दिनुभयो ।
इन्सेकका कार्यसमिति सदस्य तथा अधिवक्ता विकास आचार्यले मानव अधिकार सूचनाको श्रोत केन्द्रको रुपमा विकास गर्न थालेको जानकारी दिँदै श्रोत केन्द्रले प्लस टु पढ्ने र सीटीभिटी अन्तर्गत पढ्दै गरेका विद्यार्थीहरुका लागि मानव अधिकारसँग सम्बन्धित ज्ञान र सिप धारणा प्रवर्धनको लागि महत्वपुर्ण भुमिका खेल्नसक्ने बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख, तथा कार्यक्रमका विशिष्ट अतिथि प्रहरी उपरिक्षक अंगुर जिसीले राज्य पक्षले मानव अधिकार ज्यादती तथा उल्लंघनका घटनाहरु सुन्य बनाउनु पर्नेकुरामा जोडदिनु भयो । महिला र बालबालिका बढी जोखिमा भएकाले अपराधहरुको मुख्य मुख्यक्षेत्र पहिचाहन गरी मापदण्ड बनाएर उल्लंघनकर्ताहरुलाई नियन्त्रणमा लिन सके अपराध नियन्त्रण र मानव अधिकारको पालना तथा कार्यान्वयनमा सहयोग पुग्ने बताउनु भयो । अभिलेखीकरणका लागि इन्सेकलाई सक्रियताका साथ सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले इन्सेकले मानव अधिकार सम्मान, कार्यान्वयन र प्रवद्र्धनमा लामो समय देखि गरेको प्रयास महत्वपूर्ण भएको बताउदै अवस्था निराशाजनक नभएतापनि राज्यले समावेशी राज्यको परिकल्पना गरेअनुसार महिला, बालकालिका, जेष्ठ नागरिक, अल्पसंख्यक, यौनिक तथा लैङ्गिक अल्पसंख्यक र जातीय विभेदको अवस्थामा चुनौतीपुर्ण रहेकाले त्यसलाई समेट्नु पर्नेमा जोड दिनुभयो । साथै उहाँले बर्तमानमा डिजिटल माध्यमको दुरुपयोग गर्दै साईवर अवराध बढ्दै गएकोले सो बाट उत्पन्न घटनाहरुपनि समेट्नु पर्ने सल्लाह दिनुभयो ।
कार्यक्रममा उपभोक्ता अधिकारमन्च लुम्बिनी प्रदेशका अध्यक्ष प्रभातकुमार ठकुरी, स्याक नेपालको प्रतिनिधी बबिता सिंह,लगायतले आफ्नो विचार राख्नु भएको थियो ।
इन्सेक बाँके प्रतिनिधी धु्रबराज शर्माले जिल्ला सन् २०२५ जनवरी १देखि डिसेम्बर १८ सम्मका पीडितहरु, न्यायिकनिकाय, कारागार, प्रहरी, नागारिका समाज, मानवअधिकारकर्मीहरुबाट मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरु अभिलेखित विवरण संकलन गरेको कार्यक्रममा जानकारी गराईएको थियो । कार्यक्रम सञ्चालन लक्ष्मी थारुले गर्नु भएको थियो ।
HUMAN RIGHTS NEWS PORTAL






