नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम ०८२ पुस १६ गते गोरखामा सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गोरखाको आयोजनामा समीक्षा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा इन्सेक प्रतिनिधि हरिराम उप्रेतीले सन् २०२५ को अवधिमा जिल्लामा आत्महत्या दुरुत्साहनको एक, बाल अधिकार अन्र्तगत बलात्कार र यौन दुव्र्यवहारका नौ, महिला अधिकार अन्तर्गत बलात्कार, बलात्कार प्रयास र यौन दुर्व्यवहारका साता, जातीय विभेदका एक घटना अभिलेख गरिएकोे प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा मानव अधिकार उल्लङ्घनका घटना न्यूनीकरणका लागि ग्रामीण भेगमा कानुनी सचेतना दिनुपर्ने नेपाल पत्रकार महासंघ गोरखा शाखाका अध्यक्ष नरेन्द्र ढकालले बताउनु भयो । साथै अधिकांश बलात्कार र बलात्कार प्रयासका घटना आफन्त, चिनेजानेकाबाट हुने गरेको घटनाले देखाएको पनि ढकालले बताउनु भयो । कानुनी अनविज्ञताका कारणले पनि कतिपय घटना समाजमै गुपचुप रहेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय गोरखाका इन्सपेक्टर सरोज काकीले बताउनु भयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय गोरखाका इन्स्पेक्टर, पत्रकार लगायतको सहभागिता रहेको थियो । कार्यक्रमका वक्ताहरुले मानव अधिकार वर्ष पुस्तकको सफलताको शुभकामना दिँदै मानव अधिकार उल्लङ्घनका घटनाको अभिलेखमा इन्सेकले खेलेको भुमिकाको प्रशंसा गर्नुभएको थियो ।
HUMAN RIGHTS NEWS PORTAL






