पीडितको न्यायको पक्षमा वकालत गरेको भन्दै इन्सेकलाई सम्मान

सुर्खेत । ०८२ पुस १२ गते

आर्थिक अवस्था कमजोर भई कानूनी प्रकृयामा जान नसकेका पीडित व्यक्तिलाई न्यायको पहुँचसम्म पु¥याउन समन्वय, सहयोग र सहकार्य गरेको भन्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लाई एक कार्यक्रमका बीच सम्मान गरिएको छ ।

नेपाल नाजरेथ सोसाइटी नवज्योति केन्द्र, सुर्खेतले ०८२ पुस ११ गते वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीलाई सम्मान गरेको थियो ।

इन्सेकले राष्ट्रिय मानव अधिकार आयोगसँगको समन्वय तथा सहकार्यमा कर्णाली प्रदेशमा मानव अधिकार सहायता कक्ष संचालन गर्दै आइरहेको छ । सहायता कक्षबाट आर्थिक अवस्था कमजोर भई कानूनी प्रकृयामा जान नसकेका गम्भीर प्रकृतिका मानव अधिकार उल्लङ्घनका पीडितलाई कानूनी प्रकयामा जानका लागि सहयोगगर्दै आएको छ ।

नेपाल नाजरेथ सोसाइटी नवज्योति केन्द्रका सिस्टर रोसिटाले इन्सेकका प्रदेश संयोजक सुवेदीलाई नवज्योति संस्थाको वार्षिक समिक्षा तथा सामाजिक लेखा परीक्षण कार्यक्रममा प्रसंशा पत्र तथा दोसल्लाले सम्मान गर्नु भएको थियो ।