बलात्कार घटनाकी पीडितलाई इन्सेकको आर्थिक सहयोग
सिरहा । २०८१ पुस १५ गते
आठ वर्षीया बालिका बलात्कार घटनाकी पीडितलाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठन गरिएको मानव अधिकार सहायता कक्षले ०८१ पुस १४ गते आर्थिक सहयोग प्रदान गरेको छ ।
इन्सेक सिरहा प्रतिनिधि दुर्गा परियारले पीडित बालिकाको परिवारलाई १० हजार रुपियाँ चेक मार्फत हस्तान्तरन गर्नु भयो । पीडित परिवारको आर्थिक अवस्था कमजोर रहेकोले आर्थिक सहायता प्रदान गरेको इन्सेक प्रतिनिधि परियाले बताउनु भयो । साथै आरोपित विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन समेत पीडित परिवारलाई आफूले सहयोग गरेको प्रतिनिधि परियारले बताउनु भयो ।
सुखिपुर नगरपालिका–५ का १९ वर्षीय अर्जुन कुमार कामतीले बालिकालाई ०८१ असार २१ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा असार २१ गते उजुरी दिएको पीडित बालिकाकी आमाले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल सिरहामा असार २१ गते भएको थियो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी मुत्तिनाथ सापकोटाले घटना पश्चात आरोपित फरार रहेकोले खोज तलास भइरहेको बताउनु भयो ।
दुर्गा परियार
HUMAN RIGHTS NEWS PORTAL






