अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) गण्डकी प्रदेश कार्यालयको आयोजनामा ०८३ साउन २२ गते म्याग्दीको केबी एकेडेमी एण्ड बोडिङ स्कुलका कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरुलाई बाल बिबाह, बाल यौन दुर्व्यवहार र यस सम्बन्धमा कानुनी व्यवस्थाहरुका बारेमा सचेतना कार्यक्रम सम्पन्न गरीएको छ ।
इन्सेक म्याग्दीका प्रतिनिधि अमृत प्रसाद पौडेलले सञ्चालन गरेको कार्यक्रममा इलाका प्रहरी कार्यालय दरवाङका प्रमुख इन्सपेक्टर रबिन्द्र कार्कीले सहजीकरण गर्नुभएको थियो । कार्कीले बाल विवाहले बालबालिकामा पार्ने असरहरु तथा मुलुकी अपराध संहिता ऐन २०७४ अनुसार बालबबिाह गर्दा हुने कानुनी सजायको बारेमा जानकारी गराउनु भएको थियो । २० वर्ष भन्दा कम उमेरमा विवाह गर्नु कानुनी रुपमा बन्देज लगाइएको बताउँदै उहाँले बालबालिका सम्बन्धी ऐन २०७५ को उपदफा ६६(२)(ण) अनुसार बालबालिका सँग विवाह गर्नु गराउनु बालिबालिका बिरुद्धको कसुर मानेका छ र दफा ६७ अनुसार त्यस्तो कसुर गरेको ठहरेका व्यक्तिहरुले १० वर्ष सम्म बालबालिका सम्बन्धी सार्वजनिक तथा निजि क्षेत्रमा काम गर्न मनोनित हुन वा निर्वाचित हुन नपाउने व्यवस्था भएको बताउनुभएको थियो ।

कार्यक्रममा नेपाल कानुन अनुसार १० वर्ष मुनिका बालबालिकालाई बलात्कार गरेमा जन्म कैद, १० देखि १४ वर्ष मुनिकालाई १८ देखि २० वर्ष, १४ देखि माथि १६ बर्ष मुनिकालाई १२ देखि १४ वर्ष कैद र १६ देखि १८ वर्ष मुनिका लाई बलात्कार गरेको खण्डमा १० देखि १२ वर्ष कैद सजायको व्यवस्था गरिएको जानकारी गराइएको थियो । बालबालिकाहरुले आफूहरु यस्ता दुव्र्यवहारका घटनामा परेको थाहा पाएको मितिले ३ वर्ष भित्र उजुरी गर्न सक्ने कानुनी व्यवस्था रहेको सहजीकरणमा बतााउनुभएको थियो ।
कार्यक्रममा इन्सेक प्रतिनिधि अमृत प्रसाद पौडेल, केबी एकेडेमी एण्ड बोर्डीङ स्कुलका प्रिन्सिपल बिमल शर्मा, मुक्ती पौडेल लगायतले आफ्नो धारणा राख्नु भएको थियो ।
HUMAN RIGHTS NEWS PORTAL






