मानव अधिकार रक्षक संजाल, बागमती प्रदेशको बैठक सम्पन्न

बागमती प्रदेश । २०८३ जेठ २५ गते

मानव अधिकार रक्षक सञ्जाल, बागमती प्रदेशको नियमित बैठक सञ्जालका सहसंयोजक नातीबाबु धितालको अध्यक्षतामा काठमाडौँमा ०८३ जेठ २४ गते सम्पन्न भएको छ । उक्त बैठकमा सञ्जालको आगामी कार्ययोजनाका सम्बन्धी प्रस्ताव माथि छलफल भएको थियो । सञ्जालले स्थानीय र प्रदेश सरकारसँग मानव अधिकार अभियान सञ्चालन गर्न ०८३ असारको पहिलो साताभित्र प्रस्तावना पेश गर्ने निर्णय गरेको । उक्त कार्य सहसंयोजकको नेतृत्वमा अर्जुन श्रेष्ठ, सलिना गौतम, कुमारी वाइवा, शारदा चौलागाई र मञ्जिता मैनालीले गर्न बैठकबाट जिम्मेवारी समेत दिइएको छ । सञ्जालले मानव अधिकार अभियान सञ्चालन गर्न स्थानीय र प्रदेश सरकारमा पेश गरिने प्रस्तावमा शिक्षा, वातावरण, डिजिटल सुरक्षा, युवा अधिकार, महिला अधिकार र बाल अधिकारका विषयमा केन्द्रित विषयहरु समावेश गर्ने निर्णय गरेको छ । साथै, संरचनागत, नीतिगत र कानुन परिवर्तन हुने गरी स्थानिय, प्रदेश र संघीय सरकारसँग पैरवी गर्ने निर्णय समेत सञ्जालले गरेको छ । साथै प्रगति मूल्याकंनका लागि सञ्जालले ०८३ असारको अन्तिम हप्तामा अर्को बैठक बस्ने निर्णय गरेको छ ।

बागमती प्रदेश कार्यालय