मानव अधिकार रक्षक सञ्जालको बैठक सम्पन्न

कास्की । २०८३ साउन १४ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको आयोजनामा मानव अधिकार रक्षक सञ्जाल गण्डकी प्रदेशको चौथो चौमासिक बैठक तथा छलफल कार्यक्रम साउन १३ गते पोखरामा सम्पन्न भएको छ । सञ्जालका संयोजक रामहरि ढुङ्गानाको अध्यक्षतामा सम्पन्न बैठकमा गण्डकी प्रदेशभित्र मानव अधिकारको स्थिति, भावी कार्यदिशा र समसामयिक मुद्दाहरूका विषयमा छलफल गरिएको छ ।

बैठकले इन्सेक गण्डकी प्रदेशको प्राविधिक सहयोगमा तयार पारिएको ‘मानव अधिकार रक्षक विधेयक, २०८३’ को प्रस्तावित मस्यौदा दर्ता तथा आवश्यक संसदीय प्रक्रियाका लागि गण्डकी प्रदेश सभाका सचिव गोविन्द पौडेलसमक्ष हस्तान्तरण गर्ने निर्णय गरेको छ ।

बैठकमा इन्सेक गण्डकी प्रदेश प्रमुख गणेश भण्डारी, नागरिक मञ्चका संयोजक विष्णुप्रसाद बराल लगायत सञ्जालका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो ।