मानव अधिकार समूहद्वारा गाउँपालिका अध्यक्षलाई ध्यानाकर्षण पत्र

धनुषा । २०८० चैत ८ गते

शिक्षा, स्वाथ्य, वातावरण र लैङ्गिक समस्याहरू समाधान गर्नु पर्ने मागराखि बटेश्वर गाउँपालिका स्तरीय मानव अधिकार समूहले ०८० चैत ७ गते बटेश्वार गाउँपालिका का अध्यक्ष रामअशिष महत्तोलाई ध्यानाकर्षण–पत्र बुझाएको छ । स्थानीय सरकार सञ्चलन ऐन तथा पाँचौ राष्ट्रिय कार्ययोजना अनुरुप जनताका आधारभूत आवश्यकता परिपुर्ति गर्ने दायित्व स्थानीय सरकारको पनि भएकोले पाँचौ राष्ट्रिय कार्ययोजना कार्यान्वयन गराउने उद्देश्यले बटेश्वर गाउँपालिका अध्यक्ष महत्तोलाई ध्यानाकर्षण–पत्र बुझाएको हो । ध्यानाकर्षण–पत्रमा शिक्षा तर्फ जनप्रिय माध्यमिक विद्यालय भुचत्रपुर बटेश्वार गाउँपालिका–२ मा व्यवस्थापन समिति गठन गराउनु पर्ने, समुदायिक विद्यालय र निजि विद्यालयको शिक्षाण माध्यममा एकरूपता ल्याउनु पर्ने, सबै समुदायिक विद्यालयहरूमा गर्मीको मौसममा अध्यन–अध्यापन गर्न गराउन सहज वातावरण मिलाउनु पर्ने, श्री देवकी नमुना आधारभुत विद्यालय बटेश्वार–३ मा खानेपानीको समस्या समाधान गरिदिनु पर्ने उल्लेख छ । त्यस्तै, स्वास्थ्य तर्फ प्रत्येक जेष्ठ नागरिकको उपचारको व्यवस्था घरघरमा हुनुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख छ भने वातावरण तर्फ प्लास्टिकको प्रयोगमा कमि ल्याउने कार्यक्रम सञ्चालन गर्नु पर्ने, नदि दोहनमा न्यूनीकरणको लागि निगरानी बढाउनु पर्ने माग सो पत्रमा उल्लेख छ । साथै, हिंसा र विभेद तर्फ जातीय छुवाछुत तथा महिला हिंसा विरुद्धका अभियान र कार्यक्रम सञ्चालन गर्नुपर्ने र यस बटेश्वार गाउँपालिकामा आत्माहत्या अति नै बढेकोले यसको रोकथामको लागि कार्यक्रम सञ्चालन हुनुपर्ने माग समेत ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

      

उक्त ध्यानाकर्षण् पत्र बुझाउने क्रममा बटेश्वार गाउँपालिका का अध्यक्ष रामअशिष महतोले मानव अधिकार समूहले ध्यानकर्षण पत्र मार्फत गाउँपालिको समस्या बारे आफूलाई झक्झक्याउदा समूहलाई धन्यवाद दिनुको साथै यो कार्य धेरै नै सराहनीय रहेको उहाँले बताउनु भयो । ध्यानाकर्षण पत्रमा उल्लेख गरिएका बुँदालाई जति सक्दो चाडो समाधान गर्न तत्पर रहेको बताउनु भयो । मधेस प्रदेश मानव अधिकार समूहका उपाध्यक्ष हरिनारायण दास, मानव अधिकार समूहका सदस्यहरू राम हृदय माहासेठ, किशोरी पण्डित, सोमनि देवि दास, अनिता कुमारी दास, सरिता कुमारी महतो, इन्सेक मधेस प्रदेशका धनुषा जिल्ला सहजकर्ता शिवजी परियार लगायतको टोलीले बटेश्वार गाउँपालिकका अध्यक्ष रामअशिष महतोलाई ध्यानाकर्षण–पत्र बुझाउनु भएको छ ।

सन्तोषकुमार यादव