यशोधरा माविमा बाल अधिकार चेतना समूह गठन
कपिलवस्तु । २०७९ असोज ६ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कपिलवस्तुको आयोजनामा कपिलवस्तु नगरपालिका– ३ स्थित यशोधरा माविमा असोज ५ गते बाल अधिकार चेतना समूह गठन तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीहरूको भेलाले पिङ्की कुर्मीको अध्यक्षतामा २५ सदस्यीय बाल अधिकार चेतना समूह गठन गरेको हो । जसको उपाध्यक्षमा मुकेश पासी , सचिव सुर्यमान पासी, सह सचिव इरफान दर्जी र कोषाध्यक्षमा मन्सा कान्दु हुनु भएको छ । यसैगरी, सदस्यहरूमा सुमन धोवी , ज्योती तिवारी , लक्ष्मण गुप्ता , सुमन कहार , करिष्मा कष्यप , खुसी पाण्डे , स्नेहा कान्दु , दिपेन्द्र चौधरी , रुबिना खातुन , हसिना खातुन लगायत रहेका छन् भने विद्यालयका शिक्षक बिकासकुमार बञ्जाडेलाई सङ्रक्षक शिक्षकमा चयन गरिएको छ ।

कार्यक्रममा कपिलवस्तु नगरपालिका –३ का वडा अध्यक्ष प्रकाश गैरेले समाजमा विभिन्न किसिमका बिसङ्गतीहरू बढ्दै गइरहेको बेला विद्यालय स्तरिय बाल अधिकार चेतना समूह गठनले बाल बालिकाहरूको क्षमता अभिवृद्धि हुने बताउनु भयो । गैरेले नव गठित बाल अधिकार चेतना समूहका पदाधिकारीहरूलाई आफू सचेत हुँदै समाज परिबर्तन गर्न सक्ने क्षमता अभिबृद्धि होस भन्ने शुभकामना दिनुका साथै वडाबाट बालबालिकाहरूको लागि पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउनु भयो । विद्यालयका प्रधानाध्यापक दिनोदकुमार गुप्ताले बालबालिका भविष्यका कर्णधार भएको बताउँदै आफ्नो अधिकार सुनिश्चितताको लागि बाल बालिकाहरूलाई सचेतना गराउनु उचित कार्य भएको बताउनु भयो । कार्यक्रममा मानव अधिकार समूह कपिलवस्तुका अध्यक्ष पुष्पा रेग्मीले शिक्षा , स्वास्थ्य , वातावरण र लैगिंक विभेदका सवालमा सचेतना मूलकका अभियान सञ्चालन गर्ने बताउनु भयो ।
पार्वती आचार्य
HUMAN RIGHTS NEWS PORTAL






