समस्या पहिचान तथा कार्ययोजना निर्माण बैठक सम्पन्न
रौतहट । २०७८ भदौ ३१ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) रौतहटको आयोजनामा चन्द्रपुर नगरपालिका-१ श्री बागमती उच्च माविमा शिक्षाको अधिकारबारे शिक्षक, अभिभावक र विद्यार्थीबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रमको सभाअध्क्षको रुपमा मानवअधिकार निगरानी समूहका चन्द्रपुर नगर कमिटि संयोजक श्री टेकबहादुर चौरेल ज्यू को अध्यक्षतामा र वागमति उ.मा.वि.का प्रध्यानाध्यापक श्री राजेश खड्का ज्यू.को प्रमुख आतिथ्यतामा लगायत विशिष्ट अतिथि चन्द्रपुर नगरपालिका सामाजिक विकास शाखा संयोजक श्री सरस्वति खुलाल ज्यू लगायत शिक्षक ,अभिभावक तथा विद्यार्थीसहित ४५ जनाको उपस्थिति रहेको थियो । कार्यक्रममा कक्षा १० की छात्रा सविनाकुमारी लामाले महिनामा एक पटक अभिभावक भेला गर्नुपर्नेमा जोड दिनु भयो । आकाश चौरेलले अतिरिक्त क्रियाकलापमा शिक्षकहरुले त्यति ध्यान नदिने गरेको आरोप लगाउनु भयो ।

अभिभावक उषा खनालले आफ्ना नानीबाबुको पढाइमा ध्यान दिनु पर्नेमा जोड दिनु भयो । अभिभावक रामा न्यौपानेका अनुसार पहिलाको भन्दा विद्यालयको वातावरणमा केही सुधार भएको छ । शिक्षक घनश्यामसुन्दर श्रेष्ठको भनाइ अनुसार समयसमयमा विद्यालयमा आएर शैक्षिक सुधारका लागि सुझाव दिन अभिभावकलाई आग्रह गर्नु भयो । सामाजिक विकास शाखा संयोजक सरस्वति खुलालले विद्यालय प्रशासनमा देखिएको कमजोरीलाई हटाउँदै अघि बढ्नु पर्ने बताउनु भयो । प्रध्यानाध्यापक राजेश खड्काले विद्यालयको प्रशासनिक कार्यलाई पद्धतिमा राख्न आफ्नो तर्फबाट प्रयास गरेको र विद्यार्थीहरुलाई अनुसाशित बनाउने कार्यमा शिक्षक तथा अभिभावक पनि उत्तिकै जिम्मेवार हुनु पर्ने बताउनु भयो ।
कोपिला तिमल्सिना
HUMAN RIGHTS NEWS PORTAL






