हिंसा पीडित महिलालाई इन्सेकको आर्थिक सहयोग

बागमती प्रदेश । २०८३ बैशाख २ गते

घरेलु हिंसाबाट पीडित महिलालाई कानुनी प्रक्रियामा जानका लागि इन्सेक बागमती प्रदेश कार्यालयले ०८३ वैशाख २ गते आर्थिक सहयोग प्रदान गरेको छ । भोजपुर जिल्ला भैसिपाँखा घरभई काठमाडौँको ढुङ्गेअड्डा बस्दै आएकी ४४ वर्षीया जीवन कला बस्नेत राईलाई कानुनी प्रकृयामा जान सहयोग पुर्‍याउने उद्देश्यले ५ हजार रुपियाँ आर्थिक सहायता प्रदान गरिएको हो । पीडितका पतिले विवाह भएदेखि नै बारम्बार कुटपिट गर्दै आएकोमा अन्तिम पटक ०८२ फागुन २० गते कृटपिट गरी टाउकोमा र हातमा गम्भीर चोट लागि विर अस्पतालको ओसिएम्‌सी मार्फत उपचार भएको थियो । पीडितले ०८२ चैत २७ गते इन्सेक बागमती प्रदेश कार्यालयमा आई निवेदन दिएपछि पीडितको न्यायमा पहुँच स्थापित गर्न उक्त रकम सहयोग गरिएको र पीडितलाई आवश्यक परेमा सुरक्षित आवास गृहमा पठाउने समेत तयारी गरिएको इन्सेक बागमती प्रदेश कार्यालयका संयोजक शिव प्रसाद खकुरेलले बताउनु भयो ।

बागमती प्रदेश कार्यालय