बाँके । २०८२ चैत ६ गते
आर्थिक अवस्था कमजोर भएकी बाँकेको खजुरा गाउँपालिका–२ की ६७ वर्षीया हिंसा पीडित एकल महिलालाई न्यायिक प्रक्रियामा जान सहयोग पुर्याउने उद्देश्यले इन्सेक लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्जले चैत्र ३ गते आर्थिक सहयोग उपलब्ध गराएको छ।
संस्थाले संरक्षण परियोजना अन्तर्गत मानवअधिकार सहायता कक्षमार्फत उनलाई १० हजार रुपियाँ सहयोग गरेको हो। संरक्षण परियोजना अधिकृत टेकनाथ आचार्यका अनुसार पीडितलाई न्यायमा पहुँच सहज बनाउन उक्त सहयोग प्रदान गरिएको हो।
पीडितले दिएको निवेदन अनुसार ०८२ फागुन १३ गते सोही स्थानका ५५ वर्षीय इन्द्रे बहादुर कामीले बलात्कार गरेको आरोप छ। उक्त घटनापछि उहाँले फागुन १७ गते इलाका प्रहरी कार्यालय धनौली, खजुरामा उजुरी दिनुभएको थियो।
घटनापछि पीडित एक सातासम्म भेरी अस्पताल नेपालगञ्जको ओसीएमसीमा भर्ना भई उपचार पछि घर फर्किनु भयो ।
HUMAN RIGHTS NEWS PORTAL






