



सिरहा । २०८२ भदौ २१ गते
तीनै तहका सरकार मिली गराैँ हातेमालो: मानव बेचबिखनको हटाऔं दुष्चक्रको जालो भन्ने मुल नाराका साथ ०८२ भदौ २० गते सिरहामा मानव बेचखिन विरुद्धको राष्ट्रिय दिवस सम्पन्न भएको छ ।
जिल्ला प्रशासन कार्यालय सिरहा, जिल्ला प्रहरी कार्यालय सिरहा, इन्सेक, सहयोगी हातहरु, मुक्ति नेपाल, दलित जनकल्याण यूवा कल्ब, सामी, महिला मानव अधिकार रक्षक सञ्जाल, सिएमसी नेपालको आयोजनामा सञ्चालित अन्तक्र्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले मानव बेचबिखनमा हामी संवेदनशील नभएको बताउनु भयो । यहाँका नेता, बुद्धिजीविहरु यस्ता कुराहरुमा संवेदनशील नभएको बताउनु भयो । एकजना सुकिला मान्छे आउने बित्तिकै हामी केही नबुझि हाम्रा सबैकुराहरु उीनहरुलाई सुम्पेर ठगिमा पर्ने गरेको बताउनु भयो । स्थानीय तह, संघसंस्थाहरुले सचेतना र रोकथाममा सकृय हुनु पर्ने भए पनि स्थानीय तहले निर्माणमा मात्र ध्यान दिँदा समस्या बढेको बताउनु भयो । हाम्रो काम उपचार र दण्ड दिने भएकोले हामी कसैलाई पनि नछोड्ने तर प्रमाण सहित उजुरी गर्न पीडितलाई आउन आग्रह गर्नु भयो । बेचबिखन रोक्न सबैको चासो हुनु पर्ने अधिकारीले बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी अन्नतराम शर्माले पीडितहरु प्रमाण सहित उजुरीमा आउनु भए हामी कारबाही गर्न तयार छौं र प्रहरीका सबै मातहतमा पनि बेचबिखनका उजुरी आए गम्भिरताका साथ लिन र अनुसन्धान गर्न निर्देशन दिएको बताउनु भयो ।
मुक्ति नेपालकी अध्यक्ष देवकुमारी महराले विभिन्न प्रलोभनमा पारी किसोरीहरुलाई होटलमा बेचबिखन गरेको बताउनु भयो । बैदेशिक रोजगारको नाममा एजेन्टहरुले ठगी गरी एक काम भनेर अर्काै काम, कम पैसा लगायत विभिन्न ठगी गरी बिचल्ली बनाएको बताउनु भयो ।
गैसस महासंघका संयोजक गोबिन्दराज बिष्टले बैदेशिक रोजगारीमा गएर बिचल्लीमा परेकाहरुलाई सरकारले तुरुन्त उद्धार गर्नु पर्ने बताउनु भयो । चेतनाको स्तर बढाउन र ठगीबाट जोगाउन सचेतनाका कार्यक्रमहरु गरी अवैध म्यानपबर र एजेन्टहरुलाई कारबाही गर्न प्रशासनिक गतिविधिहरु बढाउनु पर्ने बताउनु भयो ।
दुर्गा परियार