बाल अधिकार चेतना समूहले वडा कार्यालयमा बुझाए ध्यानाकर्षण पत्र
कपिलवस्तु । २०८० जेठ ४ गते
मायाँदेवी गाउँपालिका ५ स्थित जनता मावि बलुहवामा इन्सेकद्वारा गठित बाल अधिकार चेतना समूहका पदाधिकारीहरूले वडा कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका छन् । विद्यार्थीहरूको क्षमता अभिवृद्धि गर्न , खेलकुद सामाग्री उपलब्ध गराउन र विद्यालय स्तरीय अतिरिक्त क्रियाकलापहरू सञ्चालन गर्नका लागि मागदावीसहित वडा कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
बाल अधिकार चेतना समूहका पदाधिकारीहरूको मागदावीसहितको ध्यानाकर्षण पत्रलाई सम्बोधन गर्दै मायाँदेवी गाउँपालिका– ५ का वडा अध्यक्ष राघवेन्द्रप्रसाद पाण्डेयले आर्थिक वर्ष ०८०–०८१ मा बालबालिकाहरूलाई खेलकुद सामाग्रीहरू प्रतिबद्धता जनाउनु भयो ।
पार्वती आचार्य