मानव अधिकार वर्षपुस्तक २०२६ प्रकाशन पूर्व वार्षिक समीक्षा

रसुवा । २०८२ पुस ९ गते

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ का लागि सङ्कलित घटनाहरुको वार्षिक पूर्व समीक्षा तथा रसुवाको मानव अधिकार अवस्था बारे ०८२ पुस ६ गते छलफल सम्पन्न भयो ।

इन्सेक जिल्ला प्रतिनिधि हेमनाथ खतिवडाले जिल्लाभर हालसम्म अन्यपक्षबाट हत्या एक, बलात्कार ६, यौन दुव्र्यवहार एक, घरेलु हिंसाका ६ गरी कुल १४ वटा घटना इन्सेकले अभिलेखीकरण गरेको बताउनु भयो ।

जिल्ला समन्वय समितिका उपप्रमुख विजय लामा, सदस्य खुवाप्रसाद पौडेल, अधिकारकर्मी दिपक लामा र टिका देवकोटालगायतका सरोकारवालाहरूले रसुवाको मानव अधिकार अवस्थाका बारे आफ्नो धारणा व्यक्त गर्नुभयो ।

नागरिक समाजका तर्फबाट झंकनाथ न्यौपाने, हरिप्रसाद ढकाल, प्रेमप्रसाद पौडेललगायतका सरोकारवालाहरूले राष्ट्रिय मानव अधिकार कार्ययोजना निर्माण कार्यान्वयन गर्न तथा गाउँ–गाउँमा मानव अधिकार बारे सचेतना जगाउन नसकेको बताउनु भयो ।

छलफलमा मानव अधिकार शिक्षालाई प्रभावकारी बनाउनका लागि स्थानीय तह र सामाजिक संघ संस्थाले भूमिका खेल्नुपर्ने, स्थानीय तहले मानव अधिकार उल्लंघनका घटनाहरुको न्यूनीकरणका लागि आवश्यक कार्यक्रम बनाउन राष्ट्रिय मानव अधिकार कार्ययोजना प्रति स्थानीय सरकारले ध्यान दिन आवश्यक रहेको सरोकारवालाहरूले निष्कर्ष निकालेका थिए ।

हेमनाथ खतिवडा