धादिङ । २०८३ भदौ २६ गते
भोटेकोशी र त्रिशुली नदीमा ०८३ भदौ १० गते आएको बाढीका कारण घरवार र परिवार गुमाई विस्थापित भएका व्यक्तिहरुको व्यवस्थापनका लागि धादिङमा दुई वटा होल्डिङ सेन्टर सञ्चालनमा रहेका छन् । ती मध्ये गजुरी गाउँपालिका–५, गलौदी स्थित होल्डिङ सेन्टरमा ४६ परिवारका १ सय ४४ जना र गजुरी गाउँपालिका–६, रातमाटे स्थित होल्डिङ सेन्टरमा ३८ परिवारका ९८ जनाले अस्थायी आश्रय लिइरहेका छन् । गलौदी स्थित होल्डिङ सेन्टरमा ५७ महिला, ५५ पुरुष, १८ बालक, सात बालिका, सात ज्येष्ठनागरिक रेहका छन् । जसमध्ये १ जना अपाङ्गता भएका व्यक्ति र दुई जना सुत्केरी/गर्भवती महिला हुनुहुन्छ । रातमाटे होल्डिङ सेन्टरमा ४५ महिला र ५३ पुरुष गरी कुल ९८ जना रहेका छन् । जसमध्ये २९ जना बालक, ३० जना बालिका , एक जना ज्येष्ठ नागरिक , एक जना अपांगता भएका व्यक्ति र एक जना सुत्केरी/गर्भवती महिला हुनुहन्छ । होल्डिङ सेन्टरमा शैचालय, खानेपानी , बालबालिकाहरुको शिक्षा, विद्युत, सुरक्षित आवास लगायतका समस्या रहेका छन् ।
सीताराम अधिकारी
HUMAN RIGHTS NEWS PORTAL