नवलपरासी (सुस्ता पूर्व) । २०८३ असोज २ गते
रसुवामा आएको बाढीमा बेपत्ता भएका नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगरपालिकाका– १२ जनाको आज कुशको शव बनाएर दाहसंस्कार गरिएको छ ।
बाढीमा परि बेपत्ता भएका मध्यविन्दु नगरपालिकाका– १ र ५ का १२ जनाको जीवित वा शव फेला नपरेपछि असोज २ गते अमलटारीस्थित नारायणी नदीको किनारमा कुशको शव बनाएर दाहसंस्कार गरिएको मध्यविन्दु नगरपालिका नगर प्रमुख भिमलाल अधिकारीले बताउनुभयो ।
लामो समयसम्म खोजी गर्दा पनि बेपत्ता भएकाहरूको जीवित वा मृत अवस्थामा कुनै जानकारी प्राप्त हुन नसकेपछि परिवारको इच्छाअनुसार कुशको शव बनाएर दाहसंस्कार गरिएको अधिकारीले बताउनुभयो ।
बाढीपछि उनीहरूको खोजीका लागि विभिन्न प्रयास गरिए पनि जीवित वा शव फेला नपरेपछि धार्मिक संस्कारअनुसार दाहसंस्कार गरिएको जनाइएको छ । उनीहरू सबै रसुवास्थित तेन्जिन शेर्पा जलविद्युत् आयोजनामा मजदुरका रूपमा कार्यरत थिए ।


दयाराम आचार्य
HUMAN RIGHTS NEWS PORTAL