नुवाकोट । २०८३ भदौ ३१ गते
भोटेकोशी नदीमा ०८३ भदौ १० गते आएको बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा भएको मानवीय क्षतिको खोज तथा उद्धारका क्रममा नुवाकोटमा हालसम्म २ सय २ वटा शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय, नुवाकोटको विवरणअनुसार तीमध्ये ९९ शवको सनाखत भएको छ भने १ सय ३ शवको पहिचान खुल्न बाँकी छ । प्रहरीका अनुसार फेला परेका शवमध्ये ५० पुरुष, ४२ महिला र सात बालिका रहेका छन्।
यस्तै, १ सय ३ शव पहिचान नखुलेको अवस्थामा रहेको छ । सनाखत भएका शवमध्ये ३८ वटा शव सम्बन्धित परिवार तथा आफन्तले बुझेर लगेका छन्। बुझेका शवमा २२ पुरुष, १५ महिला र एक बालिका रहेका छन्। बाढीपछि ठूलो संख्यामा मानवीय क्षति भएपछि शव खोजी, सनाखत तथा परिवारलाई हस्तान्तरण गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जिल्ला प्रहरी कार्यालय नुवाकोटको तथ्यांकअनुसार, बाढीजन्य विपद्का कारण भएको मानवीय क्षतिको एकिन विवरण संकलन तथा व्यवस्थापनको काम अझै जारी रहेको छ।
केदार ढकाल
HUMAN RIGHTS NEWS PORTAL