असोज । २०८३ असोज २ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष विजयराज गौतम, निर्देशक भार्गव काफ्ले र बागमती प्रदेश संयोजक शिव प्रसाद खकुरेल लगायतले भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रको ०८३ असोज १ गते अनुगमन गरेको छ । ०८३ भदौ १० गते आएको बाढीका कारण प्रभावित क्षेत्र बिदुर नगरपालिका–५ देविघाट, सोही पालिकको वडा नं १, ढुङ्गे  र त्रिशुलीको स्थलगत अनुगमन  गरेको हो । अनुगमन टोलीले बाढी प्रभावित नागरिकको अवस्था तथा उहाँहरुले भोगिरहेका समस्याबारे जानकारी लिनुका साथै नुवाकोटमा रहेका विभिन्न होल्डिङ सेन्टरको समेत अनुगमन गरेको छ ।  साथै, बिदुर नगरपालिका–५ मा रहेको चन्द्रज्योति माविमा अध्यनरत बालबालिकाहरुको शैक्षिक अवस्था  र स्वास्थ्य अवस्थाको बारमा समेत जानाकारी लिएको छ ।

केदार ढकाल