रसुवा । २०८३ असोज ३ गते
गोसाँइकुण्ड गाउँपालिका–५ स्याफ्रुवेसीमा तुईन तरेर पहरामा रहेको भर्याङ चढेर जानुपर्ने भएकोले ज्येष्ठ नागरिक तथा बालबालिकालाई आवतजावत गर्न कठिन भएको छ ।
आमाछोदिङमो गाउँपालिका तथा गोसाइकुण्ड गाउँपालिका भेगका नागरिकलाई आवतजावतमा निकै कठिनाई भइरहेको यथाशिघ्र सडक तथा बेलीबृज बनाइ सकेमा नागरिकलाई आवातजावत गर्न सहज हुने आमाछमेदिङमो गाउँपालिका उपाध्यक्ष चण्डिका तामाङले बताउनु भयो ।
स्थानीय प्रशासन र सुरक्षा निकायको प्रयासमा भोटेकोशी नदीमा फलामे तुइन निर्माण गरी अस्थायी आवतजावत सुरु गरिएको छ । तर, उक्त यात्रा निकै जोखिमपूर्ण र जटिल छ । उक्त क्षेत्रमा खाद्यान्न, औषधि र दैनिक उपभोग्य सामग्री ढुवानीमा समेत चुनौती रहेको छ ।
हेमनाथ खतिवडा
HUMAN RIGHTS NEWS PORTAL