रसुवा । २०८३ असोज ९ गते

नेपाल चीन सिमानाको लेन्दे खोला हुँदै भोटकोशी नदीमा आएको बाढीका कारण पाँच गाउँपालिका रहेको रसुवामा दलित समुदायका ६२ जना सम्पर्कविहीन भएका छन् ।

स्थानीय तहले सङ्कलन गरेको प्रारम्भिक तथ्याङ्कका आधारमा नौकुण्डका तीन, कालिकाका १०, आमाछोदिङमोका नौ, गोसाइँकुण्डका २२ र उत्तरगया गाउँपालिका क्षेत्रका १६ जना गरी ६२ जना सम्पर्कविहीन रहेका छन् ।

सम्पर्कविहीन भएका मध्ये युवाहरुको संख्या धेरै रहेको छ । सम्पर्कविहीन रहेका व्यक्तिहरुका आफन्तको रगत सङ्कलन कार्य भइरहेकोले सङ्ख्या अझै थपिन सक्ने गोसाइँकुण्ड गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बिमल घिमिरेले बताउनु भयो ।

हेमनाथ खतिवडा