धादिङ । २०८३ भदौ १४ गते

अविरल वर्षासँगै ०८३ भदौ १४ गते आएको बाढीले धादिङको गल्छी गाउँपालिका–४, चिरौदीमा चारवटा घर बगाएको छ । स्थानीयका अनुसार कर्णबहादुर मगर, रामलाल श्रेष्ठ, रामबहादुर अधिकारी र अर्जुन भुजेलको घर पूर्ण रूपमा बगेको हो।

बाढीले घर बगाए पनि घटनामा कुन मानवीय क्षति भने भएको छैन। बाढीका कारण चिरौदी क्षेत्रमा थप क्षतिको जोखिम बढेको स्थानीयले बताएका छन्।

यसैबीच, त्रिशूली नदीमा पानीको बहाव निरन्तर बढ्दै गएकाले नदी आसपास तथा तटीय क्षेत्रमा जोखिम बढेको छ। स्थानीय प्रशासनले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा नजान र उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

गल्छी गाउँपालिकामा १ सय १४ घर पूर्ण क्षति भएको छ भने २ सय ६२ परिवार विस्थापित भएका छन् ।

बाढी प्रभावित क्षेत्रमा स्थानीय, सुरक्षाकर्मी तथा सम्बन्धित निकायले क्षतिको थप विवरण संकलन तथा आवश्यक उद्धार र व्यवस्थापनको काम अघि बढाइरहेका छन्।

सीताराम अधिकारी