नुवाकोट । २०८३ भदौ २६ गते

नुवाकोटको विदुर नगरपालिका–५ देवीघाट र बेलकोटगढी नगरपालिका–८ जिलिङ जोड्ने तादी खोलाको एक्रोब्रिज ०८३ भाद्र २५ गते देखि सञ्चालनमा आएको छ ।

भोटेकोशी हुँदै त्रिशूली नदीमा ०८३ भदौ १० गते आएको बाढीका कारण अवरुद्ध भएको यातायात नेपाली सेनाले निर्माण गरेको उक्त पुल सञ्चालनमा आएसँगै यातायात सम्पर्क पुनः जोडिएको छ ।

पुल सञ्चालनमा आएपछि नुवाकोट र धादिङबीचको आवागमन सहज हुनुका साथै स्थानीयवासी, यात्रु तथा दैनिक आवतजावत गर्ने नागरिकलाई ठूलो राहत पुगेको छ ।

केदार ढकाल