०८३ असोज ९ गते । नुवाकोट
दुई दिनदेखि लगातार भइरहेको वर्षाका कारण बिदुर नगरपालिका–५, बाणा चैतारामा रहेको होल्डिङ सेन्टरमा रहेका उत्तरगया गाउपालिका–१ खाल्टेका बाढी प्रभावितहरु पानीमा भिजेर बस्न बाध्य छन् ।
जल तथा मौसम विज्ञान विभागले ०८३ असोज ९ गतेदेखि ३ दिनसम्म भारी वर्षा हुने भन्दै जारी गरेको सूचना सुनेपछि नै होल्डिङ सेन्टरका बाढी प्रभावित त्रसित भएका थिए । सरकारद्धारा कुनै पुर्व तयारी नभएपछि रातभर टेन्टमा भिजेरै बस्नु परेको प्रभावितहरु बताउनुहुन्छ ।
‘सानोतिनो पानी पर्दा पनि टेन्टभित्र पानी चुहिन्छ, अब त झन लगातार पाँच दिन पानी पर्दछरे ।’ रसुवा उत्तरगया गाउँपालिका–१ खाल्टेका अजय तामाङले यस अघि नै चिन्ता व्यक्त गर्नुभएको थियो ।
भेटेकोशी र त्रिशुली नदिमा भदौ १० गते आएको विनाशकारी बाढीका कारण विस्थापित भएर नुवाकोटको विदुर नगरपालिका–५ बाणाचौतारामा रहेको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका परिवार अहिले निकै समस्यामा परेका छन् ।
‘टेन्टमा बस्नै गाह्रो छ । पाँच दिनसम्म लगातार पानी पर्ने सुनेपछि आफूभन्दा पनि सानो छोरालाई कसरी जोगाउने भन्ने चिन्ता लागेको छ,’ तामाङले यस अघि बताउनु भएको थियो ।
बाणाचौताराको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका अधिकांश बाढीप्रभावित अहिले अव्यवस्थित टेन्ट, पर्याप्त शौचालय तथा खानेपानीको अभाव र त्रास विच कष्टकर जीवन बताइरहेका छन् ।






केदार ढकाल
HUMAN RIGHTS NEWS PORTAL