नुवाकोट । २०८३ भदौ २० गते

भोटेकोशी नदीमा ०८३ भदौ १० गते आएको विनाशकारी बाढीले घरसहित बगाएर सर्म्पविहीन भएकी विदुर नगरपालिका–१०, बेत्रावतीकी ६४ वर्षीया चण्डिका श्रेष्ठलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले नौ दिनपछि भदौ २० गते सशस्त्र प्रहरी बलको टोलीले जीवितै उद्धार गरेको छ । बाढी गएको नौ दिनसम्म चण्डिकाको अवस्था पत्ता नलागेपछि परिवारले उहाँको मृत्यु भएको ठानी कर्मकाण्डसमेत सुरु गरेको थियो । प्रभावित श्रेष्ठलाई घरको चौथो तलाबाट जीवितै उद्धार गरिएको थियो । इन्स्पेक्टर सुमन वि.कको कमाण्डमा खटिएको टोलीले उद्धार गरेपछि श्रेष्ठलाई हेलिकप्टरमार्फत काठमाडौंस्थित छाउनी अस्पताल लगिएको थियो । उहाँको स्वास्थ्य अवस्थामा सुधार भइरहेको श्रेष्ठकी बुहारी पुण्यवती प्रधानले जानकारी दिनु भयो । बाढीले घरसहित बगाएर केही तल पुर्‍याए पनि चण्डिका घरको चौथो तलामा अड्किएर जीवित रहेको प्रभावित श्रेष्ठको भनाई छ ।

केदार ढकाल