नुवाकोट । २०८३ भदौ २१ गते

भोटेकोसी नदीमा ०८३ भदौ १० गते आएको बाढीका कारण केन्द्रीय कारागार नुवाकोटको ब्लक नम्बर १ र २ मा लेदो पसेर क्षति पुगेपछि त्यहाँ रहेका महिला कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गरिएको छ ।
कारागारका नायब सुब्बा रामशंकर शाहका अनुसार ३५ जना महिला कैदीबन्दीलाई भदौ ११ गते मकवानपुरको भीमफेदी कारागारमा स्थानान्तरण गरिएको हो ।

नुवाकोट कारागारमा हाल ७ सय ४९ जना कैदीबन्दी रहेका छन् । तीमध्ये ३५ जना महिला, १ सय ३७ जना बालबिज्याइँकर्ता तथा बाँकी पुरुष कैदीबन्दी रहेका छन् । महिला कैदीबन्दीलाई स्थानान्तरण गरेपछि अहिले कारागारको ब्लक नम्बर ३, ४ र ५ मा पुरुष तथा बालबिज्याइँकर्ता कैदीबन्दीलाई राखिएको शाहले बताउनु भयो ।

बाढीका कारण कारागारको ब्लक नम्बर १ र २ मा लेदो पसेर क्षति पुगे पनि कारागारका अन्य संरचना तथा स्थान भने सुरक्षित रहेको शाहले बताउनु भयो । क्षति पुगेका ब्लकको अवस्थाबारे आवश्यक व्यवस्थापन तथा सुधारको काम अघि बढाइने बताइएको छ ।

केदार ढकाल