नुवाकोट । २०८३ भदौ २६ गते
भोटेकोशी हुँदै त्रिशूली नदीमा ०८३ भदौ १० गते आएको बाढीका कारण विस्थापित भई श्री सुन्दरी क्योरिनी माध्यमिक विद्यालयमा रहेको होल्डिङ सेन्टरमा बसिरहेका बालबालिका रमाउँदै समय बिताइरहेका छन् ।
बाढीका कारण प्रभावित बनेको उनीहरूको दैनिकी हालसम्म होल्डिङ सेन्टरमा नै बितिरहेको छ ।
यता, बाढीबाट प्रभावित विदुर नगरपालिकाका केही वडामा भदौ २४ गतेदेखि विद्यालय सञ्चालनमा आएका छन् ।
विद्यालय खुलेसँगै कतिपय विद्यार्थी पुनः विद्यालय फर्किन थालेका छन् भने होल्डिङ सेन्टरमा रहेका बालबालिका भने अझै विद्यालय खुल्ने र सामान्य दैनिकीमा फर्किने प्रतीक्षामा छन् ।
होल्डिङ सेन्टरमा हाल ३५ जना बालबालिका रहेका छन् ।







केदार ढकाल
HUMAN RIGHTS NEWS PORTAL