दोलखा । २०८३ असोज २ गते
रसुवाको भोटेकोशी नदीमा ०८३ भदौ १० गते आएको बाढीमा परेर दोलखाका ६१ जना अझै सर्म्पकविहीन रहेको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ ।
दोलखा स्थायी ठेगाना भएका १ सय ४ जनाको भने उद्धार भएको जिल्ला प्रशासन कार्यालय दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी सुरथ पोखरेलले बताउनु भयो । बाढीमा परी दोलखाको गौरीशङ्कर गाउँपालिकाका ८ जना, भीमेश्वर नगरपालिकाका १० जना, तामाकोसी गाउँपालिकाको पाँच जना, कालिन्चोक गाउँपालिकाको नौ जना, शैलुङ गाउँपालिकाको पाँच जना, बिगु गाउँपालिकाको चार जना, मेलुङ गाउँपालिकाको ६ जना, बैतेश्वर गाउँपालिकाको सात जना, जिरी नगरपालिकाको सात जना गरि हालसम्म जम्मा ६१ जना सम्पर्कविहन रहेको सूचना स्थानीय सरकारबाट आएको सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनु भयो ।
उद्धब पोखरेल
HUMAN RIGHTS NEWS PORTAL