बर्दिया । २०८३ कात्तिक १९ गते

भोटेकोशीको बाढीमा परी भदौ १० गतेदेखि सम्पर्कविहीन भएका बढैयाताल गाउँपालिका-४  का २२ वर्षीय अनिल थारूको परिवारले कुशको शव बनाएर ०८३ कार्तिक १९ गते सद्गत गरेका छन्।

नेपाल प्रहरीका जागिरे रहेका थारू रसुवामा  कार्यरत थिए ।  बाढीपछि थारू सम्पर्कविहीन भएका थिए। सम्पर्कविहीन भएका थारूको लामो समयसम्म जानकारी प्राप्त नहुँदा परिवारले कुशको शव बनाएर धार्मिक विधि अनुसार सद्गत गरेका हुन्।

थारूको परिवारले खोजी तथा पहिचानका लागि सम्बन्धित निकायमा जानकारी गराए पनि हालसम्म थारूको अवस्थाबारे एकीन जानकारी प्राप्त हुन नसकेपछि परिवारले दाहसंस्कार गरेको वडा-४ का वडा अध्यक्ष नरे थापाले बताए ।

भोटेकोशी बाढीपछि बर्दियाबाट कामका लागि रसुवा र नुवाकोट पुगेका ७६ व्यक्ति सम्पर्कविहीन भएका थिए। सम्पर्कविहीनको खोजी तथा पहिचानका लागि स्थानीय प्रशासनले आफन्तबाट डीएनए नमुना संकलन समेत गरेको छ ।

प्रकाश पौडेल