बर्दिया । २०८३ मंसिर ३ गते
भोटेकोशीको बाढीमा परी भदौ १० गतेदेखि सम्पर्कविहीन भएका गेरुवा गाउँपालिका-२ भैरमपुरका ३५ वर्षीय बालकुमार ( विकास ) थारू को परिवारले कुशको शव बनाएर ०८३ मंसिर २ गते सद्गत गरेका छन्।
कामको सिलसिलामा रसुवाको ससुवागढी गएका थारू बाढीपछि सम्पर्कविहीन भएका थिए। सम्पर्कविहीन भएका चौधरीको लामो समयसम्म जानकारी प्राप्त नहुँदा परिवारले कुशको शव बनाएर धार्मिक विधिअनुसार दाहसंस्कार गरेका हुन्।
थारूको परिवारले खोजी तथा पहिचानका लागि सम्बन्धित निकायमा जानकारी गराए पनि थारूको अवस्थाबारे एकिन जानकारी प्राप्त हुन नसकेपछि परिवारले सद्गत गरेको गेरुवा गाउँपालिका, २ का वडा अध्यक्ष कृष्ण थारूले बताउनु भयो
सम्पर्कविहीन व्यक्तिको खोजी तथा पहिचानका लागि भदौ २१ गते जिल्ला प्रहरी कार्यालयमा परिवारको सदस्यको डीएनए परीक्षणको लागि रगतको नमुना संकलन समेत गरिएको थियो ।
प्रकाश पौडेल
HUMAN RIGHTS NEWS PORTAL