दोलखा । २०८३ असोज २ गते
भोटेकोशी नदीमा ०८३ भदौ १० गते आएको बाढीमा परेर सम्पर्कविहीन भएका दोलखाका ६१ जना मध्ये तीन जनाको कुशको शव बनाई अन्त्येष्टी गरिएको छ । जिल्लाका सम्पर्कविहीनको सूचीमा रहेका मध्ये मेलुङ गाँउपालिक–१ घर भई रसुवा जिल्ला स्थित लाङटाङ राष्ट्रिय निकुञ्ज, स्यापु्रबेसी पोष्टमा सिनियर गेम स्काउट पदमा कार्यरत मैया दहाल बिमलीको ०८३ भदौ १७ गते कुशको प्रतिक बनाई अन्त्येष्टी गरिएको थियो । भीमेश्वर नगरपालिका–८ घर भई श्रीनाथ गण अर्न्तगत टिमुरे सुरक्षा बेसमा कार्यरत जमदार बद्रीकुमार बस्नेतको ०८३ भदौ २० गते कुशको शव बनाई रीतिरिवाज अनुसार काज किरियाको कर्म गरिएको थियो । यसैगरी भीमेश्वर नगरपालिका–८ घर भई लाङटाङ हाइड्रोपावर कम्पनीमा निर्माण व्यवसाय गर्दै आएका हरि ढकालको ०८३ असोन १ गते कुशको शव बनाई सद्गत् गरी काजकिरियाको काम थालिएको दोलखा जिल्ला निर्माण व्यवसायी संघका अध्यक्ष राजेश थापाले बताउनु भयो ।
उद्धव पोखरेल
HUMAN RIGHTS NEWS PORTAL