रसुवा । २०८३ असोज २५ गते
गोसाईकुण्ड गाउँपालिका—५ स्याफ्रुवेसी बजार र चिलिमे जलविद्युत केन्द्र रहेको ठाउँ बाढीले ध्वस्त पारेछ छ । हाल उक्त स्थानमा तुईनबाट वारपार सुरु गरिएको छ ।
भोटेकोशी बाढी आएको दुई महिना पुग्न लाग्दा पनि धुन्चेबाट गोसाइकुण्ड र आमाछोदिङमो गाउँपालिकामा आवतजावत गर्न तथा खाद्यान्न ढुवानी गर्न निकै नै समस्या छ । नजिकैको बजार बगाएको कारण गाउँमा खाद्यान्न सङकट हुन थालेको छ ।
गोसाईकुण्ड गाउँपालिकाका ५ सय ४४ जना हालसम्म सम्पर्कविहीन रहेका छन् । पालिकामा कम्तिमा ५ सय घर बाढीले बगाएको छ। स्याफुबेसी सहित गोसाईकुण्ड गाउँपालिकाका कुनै पनि विद्यालयहरु सञ्चालन हुन सकेका छैनन्। गोसाईकुण्ड गाउँपालिका दुई विद्यालय र दुई स्वास्थ्य चौकीमा समेत क्षति पुगेको छ ।
स्याफ्रुवेसीको वडा कार्यालय, गाउँपालिका भवन, स्वास्थ्यचौकी, होटल व्यवसाय, चिलिमे जलविद्युत आयोजना लगायतका सरकारी तथा निजी संरचानहरु पूर्ण रुपमा बाढीले बगाएको छ ।







हेमनाथ खतिवडा
HUMAN RIGHTS NEWS PORTAL