काठमाडौँ । २०८३ असोज १५ गते
रसुवाको भोटेकोशीमा आएको बाढीमा परी ०८३ असोज १५ गते बिहानसम्म १ हजार ४ सय ५५ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार रसुवामा २ सय ३६ जना, नुवाकोटमा २ सय ४ जना, धादिङमा ७३ जना, चितवनमा ३ सय ६९ जना, गोरखामा ७९ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय ३२ जना र नवलपरासी पश्चिममा २ सय २२ जना गरी १ हजार ४ सय ५३ जनाको शव फेला परेको हो। साथै २ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको छ।
बाढीपछि ४ हजार ७ सय १८ जना अझै बेपत्ता छन् । उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
शव पहिचानका लागि मृतकका १ हजार ३ सय ३० र आफन्तका २ हजार ६६ गरी ३ हजार ३ सय ९६ वटा डिएनए नमुना सङ्कलन गरिएको छ । हालसम्म १ हजार ३ सय ३४ वटा शव व्यवस्थापन गरिएको छ भने पहिचान नभएका १ हजार ४ सय २१ वटा शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा राखिएको छ ।
उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापनका लागि ७ हजार ९ सय ७५ जना प्रहरी परिचालन गरिएको छ । विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा १ हजार २ सय ३४ जनालाई राखिएको प्रहरीले जनाएको छ ।
अनलाइनडेस्क
HUMAN RIGHTS NEWS PORTAL