धादिङ । २०८३ भदौ ११ गते
भोटेकोशी नदीमा आएको बाढीका कारण १ सय ५३ घर, पाँच पक्कि पुल, ११ झोलुंगेपुल, तीन विद्यालय र एक आधारभुत अस्पतालमा क्षति भएको छ । त्यस्तै धादिङबाट तिर्थयात्रामा गएका २९ जना मानिस सम्पर्क विहीन छन् । बाढीले धादिङका दुई गुरुकुल विद्यालय र एक विद्युत सब स्टेसनमा समेत क्षति पुर्याएको छ । बाढीका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । त्यस्तै विभिन्न स्थानमा सदरमुकम सडक मार्ग सम्बन्ध बिच्छेद भएका धादिङको मलेखुस्थति फुर्केखोला पुल बगाएसँगै धादङिका आठ स्थानीय तहलाई पृथ्वी राजमार्गसँग जोड्ने मुख्य सडक सम्पर्क अवरुद्ध भएको छ । फुर्केखोला पुल हुँदै धादिङको सद्धलेक, ज्वालामुखी, त्रपिुरासुन्दरी, नेत्रावती, गङ्गा जमुना, खनयिा बास, रुवीभ्याली गाउँपालकिा र नीलकण्ठ नगरपालिका जाने सडक हाल अवरुद्ध भएको छ । बाढीले फुर्केखोला सहित जरेखेत, घाटबेशी, अठ्ठाइसकिल्लाका पुलहरु समेत बगाएको छ । प्रभावित क्षेत्रमा विद्युत सेवा अवरुद्ध छ भने संचार पनि कमजोर रहेको छ ।
सीताराम अधिकारी
HUMAN RIGHTS NEWS PORTAL