नुवाकोट । २०८३ भदौ २० गते
माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट एक जना चिनियाँ नागरिकको जीवितै उद्धार गरिएको छ । नेपाली सेना र कोरियाको ‘डिजास्टर’ टोलीले भदौ २० गते दिउँसो १:२० बजे आयोजनाको अडिट–४ टनेलबाट चिनियाँ नागरिकको उद्धार गरेको नेपाली सेनाले जनाएको छ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा गएको भीषण बाढीका कारण उक्त आयोजनामा ठूलो क्षति पुगेको थियो ।
रासस
HUMAN RIGHTS NEWS PORTAL