कास्की । २०८३ असोज २ गते

भोटेकोशी क्षेत्रमा आएको भीषण बाढी पछि अपर त्रिशूली–३ बी जलविद्युत् आयोजनामा इन्टर्नसिपका लागि पुगेकी पोखरा महानगरपालिका–५ प्रस्याङकी २१ वर्षीया इन्जिनियर सृष्टी बास्तोला सम्पर्कविहीन भएकी थिइन । २२ दिनसम्म केही पत्ता नलागेपछि जीवित भेटिने आश मारेर परिवारजनले बास्तोलाको ०८३ असोज १ गते कुशको प्रतिमा बनाएर पोखराको तुलसी घाटमा अन्तिम संस्कार गरेको छ ।

इन्जिनियरिङ अध्ययन पूरा गरेर सृष्टी इन्टर्नसिपका लागि भदौ ९ गते मात्र आयोजनामा पुग्नुभएको थियो ।

गण्डकी प्रदेश कार्यालय