अधिकारकर्मीद्वारा आयोगको ध्यानाकर्षण
पैरवी डटकम । २०८१ कात्तिक २९ गते
नेपालगन्ज । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा छानबिन आयोगका अध्यक्ष र सदस्यहरूको सिफारिस गर्न गठित समिति समक्ष चार बूंदे ध्यानाकर्षण पत्र पठाएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाललाई बाँकेका अधिकारकर्मीहरूले चार बूंदे ध्यानाकर्षण बुझाउँदै उनीहरूले आयोगको नियुक्ति पारदर्शी र स्वीकार्य हुनका लागि आफुले गराएका ध्यानाकर्षणको पालनामा जोड दिएका छन् ।
वरिष्ठ अधिवक्ता सुनिल श्रेष्ठ, एड्भोकेसी फोरमका प्रदेश संयोजक बसन्त गौतम, इन्सेक नेपालगन्जका प्रमुख भोला महत, लगायतका दुई दर्जन बढी अधिकारकर्मी संस्थाका प्रमुख तथा प्रतिनिधिहरूले संयुक्त हस्ताक्षर गरी ध्यानाकर्षण पत्र पठाएका हुन् ।
आयोगका अध्यक्ष तथा सदस्यका लागि निवेदन दिएका निवेदकको निवेदनका आधारमा कसरी, कुन प्रक्रिया र विधिबाट छोटा सूचि प्रकाशित गरिन्छ , छनोट प्रक्रिया पारदर्शी भए, नभएको सुनिश्चित गर्न सिफारिस समितिले कस्तो मापदण्ड तयार पारेको छ र सिफारिस गरिएका व्यक्तिको सार्वजनिक सुनुवाई गर्ने कुनै योजना छ छैन भनेर सोधिएको अधिकारकर्मी इन्सेकका लुम्विनी प्रदेश संयोजक भोला महतले बताउनुभयो ।
एक हप्ता अवधी राखेर माग गरिएको सूचनाले पर्याप्त निवेदन प्राप्त नहुने र योग्य व्यक्तिले निवेदन नदिने सम्भावना नरहने सम्भावना रहने भएकाले निवेदन दिने म्याद थप गर्न मानवअधिकारकर्मीहरूको ध्यानाकर्षणमा उल्लेख छ ।
Source: https://pairabi.com/news/2686