वीरेन्द्रनगर नपा–१२ स्थित अम्मर ज्योति नमुना माविका कक्षा–९ का विद्यार्थीहरुलाई मानव अधिकारको सिद्धान्त र मानव अधिकारमैत्री व्यवहार विषयक अनुशिक्षण दिईएको छ । इन्सेक कर्णाली प्रदेशको पारस्परिक जवाफदेहिताː मानव अधिकार सुदृढिकरण कार्यक्रम अन्र्तगत सोमबार भर्चुअलमार्फत उनीहरुलाई सो बारेमा अनुशिक्षण दिईएको हो ।
मध्यपश्चिम विश्वविद्यालय मानविकी संकायका सहयाक डिन कमलेश डिसीले मानव अधिकारको सिद्धान्त र मानव अधिकारमैत्री व्यवहार तथा इन्सेक सुर्खेतका मानव अधिकार अधिकृत सोमप्रसाद चौधरीले सामाजीक उत्तरदायित्वको बारेमा सहजीकरण गरेका थिए । युवाहरुलाई मानव अधिकार शिक्षाको बारेमा सचेतिकरण गर्नुको साथै समुदाय, विद्यालय र घर परिवारमा मानव अधिकारमैत्री संस्कारको विकास गरी उनीहरुलाई मानव अधिकार संरक्षण सम्बद्र्धनमा समर्पित गराउने उद्देश्यले आयोजित अभिमुखीकरणमा सो माविका ४० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतका संयोजक नारायण सुवेदीले बालबालिकाहरुलाई मानव अधिकार संस्कार र नागरिक नैतिकताका बारेमा सचेतिकरण गर्न अनुशिक्षण दिईएको बताए । कार्यक्रममा सो माविका शिक्षकद्धय इश्वर शाही र अशोककुमार राईको उपस्थिती रहेको थियो ।