इच्छाकामनामा मानव अधिकार समूहको समस्या पहिचानको सम्बन्धी कार्यक्रम

नेपाल रफ्तार डटकम । २०७९ फागुन १२ गते

इच्छाकामना :  चितवनको इच्छाकामनामा “मानव अधिकार शिक्षा कार्यक्रम“ मानव अधिकार समुहको समस्या ,पहिचान सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।  स्थानिय तहको समस्या पहिचान गर्न, समस्या उजागर गर्न, समूहको कार्ययोजना निर्माण गर्न इच्छाकामना गाउँपालिका वडा नम्बर ३ को कार्यालय चुम्लिङटारको सभाहलमा शुक्रबार कार्ययोजना कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा स्थानिय तहमा मानव अधिकार समूहरुको समस्या, आगामी कार्ययोजना, यहाँका स्थानियले भोगेको समस्याको सामाधान गर्न कस्ता र कसरी पहल गर्ने जस्ता विविध विषयमा छलफल भएको थियो । इन्सेक चितवनका जिल्ला सहजकर्ता गायत्री गिरिका अनुसार शिक्षा स्वास्थ्य,वातावरण आदीको बारेमा समस्या पहिचान गरेका छन् ।

सहजकर्ता गिरिका अनुसार इच्छाकामनामा बालमैत्री, अपाङ्गमैत्री, विद्यालय नभएको स्वास्थ्यचौकीमा औषधी नपाइने, वडापत्रमा उल्लेख गरेका औषधी उपलब्ध नगराएको, प्रत्येक वडामा एम्बुलेन्स नभएको, २४सै घण्टा आकस्मिक सेवा उपलब्ध नभएको,स्वास्थ्यचौकीमा कर्मचारी समयमा नआउने, शिक्षकहरु समयमा विद्यालयमा नआउने, सरकारी विद्यालयमा किताबको शुल्क लिइरहेको आर्थिक स्थिति निकै कमजोर भएको बालबालिका विद्यालय जान नपाएको, विशेष गरि चेपाङ जातीमा खाद्यान्नको अभाव भएको र विद्यालय सम्म जानका लागि बाटोको समस्या समेत भएको लगायतका समस्याहरु पहिचान भएका छन् । वडा नम्बर ३ का वडा सदस्य सरिता गुरुङको प्रमुख आतिथ्यता कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा इन्सेकका कार्यक्रम फोकल पर्सन बालुका न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा गाउँपालिकाका वडा नम्बर १ देखी ५ सम्मका मानव अधिकार समूहका सम्पूर्ण पदाधिकारी, विभिन्न राजनितिक दलका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

Source: इच्छाकामनामा मानव अधिकार समूहको समस्या पहिचानको सम्बन्धी कार्यक्रम (nepalraftar.com)