इन्सेककाे मानव अधिकार संरक्षण र सम्बर्द्धनमा सञ्चारकर्मीको भूमिका बारे छलफल सम्पन्न
सफल आवाज डटकम, बागलुङ । २०७९ जेठ २९ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको आयोजना र नेपाल पत्रकार महासंघ बागलुङको समन्वयमा आज बागलुङमा मानव अधिकारको संरक्षण र सम्बर्द्धनका लागि सञ्चारकर्मीको भूमिका विषयक छलफल सम्पन्न भएकाे छ । कार्यक्रमका प्रमुख अतिथि बागलुङ नगरपालिकाका उप–प्रमुख राजु खड्काले महिला, बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता भएकाहरुकाे मानव अधिकार रक्षाकाे पक्षमा आफु गम्भिर रहेको बताए। खड्काले सञ्चारकर्मी र सञ्चारमाध्यमकाे प्रभावले नै मानव अधिकार उल्लंघनका घटनाहरू बाहिर ल्याउन सहज भएकाे र पिडकलाइ कारबाहिकाे दायरामा ल्याउन सहयाेगि भूमिका रहने विश्वास व्यक्त गरे । यसका लागि सबैकाे हातेमालाे हुन जरूरी भएकाे बताए । साे अवसरमा उनले बागलुङ नगरपालिकाकालाई छिट्टै बालमैत्री नगर घोषणा गर्ने तयारीमा रहेकोले जनता, सञ्चारकर्मी र जनप्रतिनिधि संगै अगाडी बढ्नुपर्ने बताए ।
विशेष अतिथि रहेका बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद शर्माले मानव अधिकारको दायरा ठूलाे भएकाे बताउँदै संविधानमा रहेका मौलिक अधिकारहरूकाे कार्यान्वयनमा जाेड दिए। उनले भने, स्वास्थ्य, शिक्षा, खाद्य र आवासका बारेमा गम्भिर हुनुपर्ने बताए । साे अवसरमा उनले समाजवादी चिन्तन बाेकेकाे संविधानकाे मर्म भएकाेले हाम्रा सेवाहरू पनि साेहि उन्मुख हुनुपर्ने बताए । कार्यक्रममा अधिवक्ता राम शर्मा, सावित्री खड्का, महिला अधिकारकर्मी लक्ष्मी जिसी, नागरिक अगुवा काजिमान श्रेष्ठ लगायतले बाेलेका थिए । यसअघि कार्यक्रममा राष्ट्रिय समाचार समितिका धौलागिरी संयोजक राम थापा ‘अविरल’ले कार्यपत्र प्रस्तुत गरेका थिए । पत्रकार महासंघ बागलुङका उपाध्यक्ष नविनसिशिर विकले स्वागत गरेकाे कार्यक्रम इन्सेक गण्डकीका संयाेजक शिव खकुरेलकाे अध्यक्षतामा भएकाे थियाे । अवसरमा खकुरेलले मानव अधिकार वर्ष पुस्तक २०२१ काे बारेमा जानकारी दिदैं गण्डकीमा कुल ५१३ वटा घटना अभिलेखन भएका र उनीहरूमध्य सबैभन्दा धेरै ३१० जना महिला पिडित भएकाे बताए । साे अवसरमा उनले नगर उपप्रमुख खड्कालाइ मानव अधिकार वर्ष पुस्तक हस्तान्तरण गरेका थिए ।
Source: सफल आवाज डटकम । २०७९ जेठ २९ गते