इन्सेकका महोत्तरी जिल्ला पर्यवेक्षकको अभिमुखिकरण सम्पन्न
महोत्तरी । २०७९ कात्तिक २५ गते
महोत्तरी- मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशको सभाको निर्वाचनको लागि कार्तिक २५ गते इन्सेकबाट महोत्तरी जिल्लामा खटिएका निर्वाचन पर्यवेक्षकहरूको लागि अभिमुखिकरण सम्पन्न भएको छ। ४ वटा निर्वाचन क्षेत्र रहेका यस जिल्लामा १४ जना पर्यवेक्षकलाई इन्सेक मधेस प्रदेश कार्यालय जनकपुरधाममा अभिमुखिकरण गरिएको हो। उक्त अभिमुखिकरणको सहजिकरण महोत्तरी जिल्ला प्रतिनिधि अजयकुमार साहले गर्नु भएको थियो। साहले पर्यवेक्षकहरूको काम कर्तव्य बारे जानकारी दिनुभएको थियो। इन्सेकका कार्यक्रम फोकल पर्सन बरूण बस्यालले पर्यवेक्षकहरूले तयार गर्नु पर्ने प्रतिवेदन बारे जानकारी गराउनु भएको थियो। अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानले पर्यवेक्षकहरूले सहि तथ्यमा आधारित रहेर निर्वाचन पर्यवेक्षणको प्रतिवेदन समयमा पठाउनु हुन जानकारी गराउनु भएको थियो।