इन्सेकको समन्वयमा हिरासतमा न्यानो कपडा हस्तान्तरण
खुलानजर डटकम । २०८० माघ ८ गते
सुर्खेत: अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतको समन्वयमा जिल्ला प्रहरी कार्यालय, सुर्खेतको हिरासत कक्षमा रहेका थुनुवालाई आइतबार न्यानो कपडा हस्तान्तरण गरिएको छ । इन्सेकको अनुरोधपछि एड्भोकेसी फोरम कर्णाली प्रदेशका संयोजक तथा अधिवत्ता राजेन्द्र भारतीले १० ओटा डबल बेडका कम्बल र १८ मिटर लामो पिफर्म उपलब्ध गराएका हुन् । न्यायो कपडा जिल्ला समन्वय समिति, सुर्खेतका प्रमुख गंगाराम सुनारमार्फत वितरण गरिएको थियो । सो अवसरमा इन्सेकबाट प्रकाशन भएका मानव अधिकार वर्षपुस्तक, प्राची र अन्य प्रकाशन हिरासत कक्ष बाहिर रहेको पुस्तकालयमा हस्तान्तरण गरिएको प्रदेश संयोजक नारायण सुवेदीले जानकारी दिए ।
इन्सेकले माघ ४ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासत कक्षको अनुगमन गरेको थियो । अनुगमनका क्रममा हिरासतमा रहेका थुनुवाले चिसोका कारण रुघा खोकी लागेका बताएका थिए । सोही गुनासो अनुसार जिल्ला प्रहरी कार्यालय, सुर्खेतका एसपी योगेन्द्रसिह थापाले थुनुवाले ओडने र बिछाउने कपडा सहयोग गर्न अनुरोध गरेका थिए ।
हिरासत कक्षको अनुगमन पश्चात थुनुवा र जिल्ला प्रहरी कार्यालयका प्रमुखको अनुरोध अनुसार इन्सेकले विभिन्न निकायसँग समन्वय गरी न्यायो कपडा वितरण गरिएको इन्सेकका प्रदेश संयोजक सुवेदीले बताए ।
सुर्खेत जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा विभिन्न मुद्दाका महिला र पुरुष गरी ४० जना थुनुवा रहेका छन् । हस्तान्तरण कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृत कृष्णबहादुर खड्का, वरिष्ठ सई दिपेन्द्रकुमार केसी, इन्सेकका प्रलेख अधिकृत पुरन चौधरी लगायतको सहभागिता रहेको थियो ।