इन्सेक खोटाङद्वारा वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

रोदिक खबर डटकम । २०८१ मङ्सिर ७ गते

खोटाङ ।अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) खोटाङले वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । इन्सेकले सन २०२४ जनवरी १ देखि हालसम्म जिल्लामा इन्सेकले अभिलेखिकरण गरिएका मानव अधिकार उलङ्घन तथा ज्याजतीका घटनाका विषयमा समीक्षा गरेको हो ।
इन्सेकका अनुसार खोटाङमा ७६ वटा मानव अधिकार उलङ्घन तथा ज्याजतीका घटना घटेका छन् । जसमा महिला विरुद्ध हुने भेदभाव, दुव्र्यवहार, बलत्कार, बलात्कारको प्रयास र यौन दुव्र्यवहारका घटना ३० वटा, अभद्र व्यवहारका २० वटा र घरेलु हिंसाका २६ वटा घटना अभिलेखिकरण गरेको इन्सेक खोटाङले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयमा बिहीवार भएको समीक्षा बैठकमा प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की, नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष दिलीप खत्री, अधिकारकर्मी, जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

Source: https://shorturl.at/sBEcm