कैलारी गाउँपालिका स्तरीय मानव अधिकार समूहको बैठक हसुलियामा सम्पन्न
कैलाली खबर डटकम । २०८२ जेठ ५ गते
सुखड । कैलालीको कैलारी गाउँपालिका–१ हसुलियामा शुक्रवार गाउँपालिका स्तरीय मानव अधिकार समूहको बैठक सम्पन्न भएको छ । डिसीए परियोजनाको आर्थिक सहयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय,धनगढीको आयोजनामा समूहको बैठक सम्पन्न भएको हो ।
कार्यक्रममा इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय,धनगढीका प्रदेश संयोजक खडकराज जोशीले शिक्षा, स्वास्थ्य, जातीय विभेद, बालबालिका र वातावरण अधिकारका विषयमा स्थानीय बासीहरूलाई सचेतना गराउने कार्यमा सक्रिय भएर काम गर्न समूहलाई आग्रह गरे । मानव अधिकारका विभिन्न सवालहरूमा पैरवी र वकालत समूहले गर्नु पर्ने खडकराज जोशीले बताए । सबैले सक्रिय सहभागिता तथा जिम्मेवारी पूर्वक कार्य गर्न सके समूहको पहिचान उच्च हुने बताउनु भयो ।
मानव अधिकार समूहलाई सुस्त नहुन पनि उनको सुझाव थियो । इन्सेक र सिटिभिटीद्धारा मानव अधिकार रक्षक सम्बन्धी तालिम सञ्चालन हुने कुराको जानकारी समेत उनले गराएका थिए । स्रोत व्यवस्थापन गर्न मानव अधिकार समूह लाग्नु पर्ने उनले बताए । त्यसको लागी आफूहरूले पनि पालिका सँग पहल गर्ने इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले बताए ।
मानव अधिकार समूहले आफ्नो क्षेत्रमा गरेका काम कारबाहीको समूहका अध्यक्ष मान बहादुर चौधरीले बताए । संस्थालाई वैधानिक रुपमा दर्ता गर्न आफूहरू लागी परेको तर सफल हुन नसकेको उनले बताए । सामाजिक न्यायका लागि समूहलाई दिगोपना तथा निरन्तरता दिएर सक्रियता साथ काम गर्ने प्रतिबद्धता उनले गरेका थिए ।
HUMAN RIGHTS NEWS PORTAL






