कैलालीमा शान्तिपूर्ण वातावरणमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको पर्यवेक्षण टोलीको निष्कर्ष

मर्निङबेल डेली डटकम । २०७८ जेठ १७ गते

कैलालीमा स्थानीय तह निर्वाचन शान्तिपूर्ण तरीकाले सम्पन्न भएको पर्यवेक्षक समुहले बताएका छन् । अनौपचारीक सेवा केन्द्र (इन्सेक) ले धनगढीमा आयोजना गरेको कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् । निर्वाचनका समयमा कैलालीको गोदावरीमा मात्रै खुकुरी प्रहारको घट्ना बाहिर आएपनि तर निर्वाचन भने शान्तिपूर्वक तरीकाले भएको बताइएको छ । कार्यक्रममा सहभागि भएकाहरुले यस पटक धेरै मतपत्र बदर भएको बताउदैँ आगामी दिनमा मतदाता शिक्षामा ध्यान दिनुपर्ने बताएका छन् । निर्वाचनका समयमा केही कमजोरी देखिएपनि तर बिगतको भन्दा यस पटक राम्रो भएको निर्वाचन आयोगका प्रमुख प्रेमराज भट्टले बताए । ‘कमि कमजोरीका बिच पनि मतदाताको संख्या बढ्यो र मतदान सहज तरिकाले सम्पन्न भयो, यस पटक धेरै पटक मतपत्र बदर भएको बताउदै अव इलेक्ट्रनिक मेसिनबाट मतदान गर्ने ब्यवस्था गर्नुपर्ने बताए ।

धेरै देशहरुमा लागु भइसेको हुँदा अव नेपालमा पनि हुनुपर्ने उनको भनाई छ । उम्मेदवारी दर्ता पनि अनलाइनबाट भयो भने सहज हुने उनको छ । शान्ती सुरक्षाको ब्यवस्था पनि राम्रो भएको उनले बताए । मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेशका प्रमुख मोहन राज जोशीले मतदान स्थलमा त्रिपाल, बाटोको समस्या भएको बताए । अनुगमनमा जाने क्रममा केही स्थानमा पानी परेका कारण मतदातालाई असहज भएको उनले बताए । ‘कतिपय मतदान स्थलमा अपांगता, जेष्ठ नागरिकहरुलाई स्पष्ट देखिने गरि छुट्टै लाईन तथा हेल्प डेस्क नहुँदा समस्या देखियो, उनले भने हेल्प डेस्कको ब्यवस्था हुनुपर्छ ।, आगामी दिनमा उनीहरुका लागि हेल्प डेस्कको ब्यवस्था हुनुपर्ने प्रदेशका प्रमुख जोशीले बताए ।

अपांगता तथा बृद्धबृद्धाका लागि हेल्प डेस्कको ब्यवस्था हुनुपर्ने अपांगता क्षेत्रमा क्रियासिल नन्दराज भट्टले बताए । उनले आगामी दिनमा यसको ब्यवस्था गर्नुपर्ने बताए । अनौपचारीक सेवा केन्द्र सुदूरपश्चिम प्रदेश संयोजक खडक राज जोशीले कैलालीमा यस पटक निर्वाचनका समयमा देखिएका समस्यालाई आगामी दिनमा सुधार गरेर लैजानु पर्ने बताए । ‘शारिरीक अपांगता तथा बृद्धबृद्धाका लागि आगामी दिनमा सजह वातावरण बनाउन जरुरी रहेको छ, उनले भने । अनौपचारीक सेवा केन्द्र इन्सेकले धनगढीमा मंगलबार स्थानीय तहको निर्वाचन तथा पर्यवेक्षण तथा अनुभव आदान प्रदान गरिएको हो ।

Source: https://www.morningbelldaily.com/2022/05/46122/?fbclid=IwAR0gs6NAcngwSRHyQX1q7PjTxcRVsGO0Uqe7HJdNBNOsXC3KqDa6gSge8U4